काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु सरकारबाट बेदाग निस्किएको दाबी गरेका छन् ।
नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले अबको समय भनेको पार्टी स्थापितमै केन्द्रित हुनु रहेको बताए ।
उनले भने, “हामी सरकारबाट बेदाग निस्किएका छौँ । न ओम्नी न त गिरिबन्धु । कतैबाट पनि दाग लागेको छैन ।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको गठबन्धनले संविधान मिच्ने र परिवर्तन उल्ट्याउने प्रयास गर्ने उनको आशंका छ ।
Leave a Reply