काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आजदेखि पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दैछ ।
काठमाडौंमा ढल मिसिएको पानीमा भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौं उपत्यकामा आजदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले आजदेखि १२ गतेसम्म उपत्यकामा खोप दिन लागेको हो ।
जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर खोप दिइने मन्त्रालयले जनाएको छ ।
Leave a Reply