Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • सांसदले घुस बुझाएको घटना : छानबिनका लागि तीन सदस्यीय समिति गठन

    सांसदले घुस बुझाएको घटना : छानबिनका लागि तीन सदस्यीय समिति गठन

    अनलाइन नेपाल
  • मंगलबार, ८ साउन २०८१
  • 426
    SHARES

    काठमाडौं । पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले छोराको प्रमाणपत्र समकक्षता प्रमाणीकरणका लागि घुस दिनुपरेको घटनालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

    शिक्षामन्त्री विद्या भट्टराईले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकी हुन् ।



    मन्त्रालयका प्रवक्ता केशवप्रसाद दहालले मंगलवार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्ने विषयमा छानबिन समिति गठन गरिएको जानकारी दिए ।



    समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयबारे आवश्यक छानबिन गरी सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न समितिलाई कार्यादेश तोकिएको छ ।

    यसअघि जसपा नेपालका सांसद महतोले आफूले छोरोको सर्टिफिकेट प्रमाणित गर्न शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमीको एक कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको आइतवार संसदमा बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार