काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल नाडाको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ।
नाडाका अध्यक्ष चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग भेट गरेको हो। भेटमा अटोमोबाइल क्षेत्रमा भएका विभिन्न विषयहरूमा छलफल भएको छ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका समस्याहरूबारे संक्षिप्त रूपमा प्रस्तुत गरेका थिए।
अध्यक्ष चौधरीले सरकारको हालका कार्यविधिहरूका कारण अटोमोबाइल व्यवसायीहरू निरुत्साहित हुँदै गएको बताउँदै नेपालको अटोमोबाइल व्यवसायलाई उकास्न आवश्यक नीतिगत सुझावहरू पेश गरेका छन्।
अध्यक्ष चौधरीले दुई पांग्रे सवारी साधनहरूको सन्दर्भमा पैठारीकर्ताले डिलरलाई बिल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन्।
छलफलमा प्रधानमन्त्री ओलीले सवारी साधन, टायरट्युब, ब्याट्री तथा लुब्रिकेन्टस उद्योगहरूको वर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राखे।
नाडा अध्यक्ष चौधरीले प्रस्तुत गरेका समस्याहरूको समाधानका लागि आवश्यक पहलकदमी लिइने समेत आश्वासन दिए।
Leave a Reply