Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बागलुङबाट ५ नाल भरुवा बन्दुक बरामद

    बागलुङबाट ५ नाल भरुवा बन्दुक बरामद

    अनलाइन नेपाल
  • मंगलबार, ८ साउन २०८१
  • 405
    SHARES

    बागलुङ । बागलुङको बडिगाडमा बेवारिसे अवस्थामा रहेका ५ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

    प्रहरीले बडिगाड गाउँपालिका–३ को ताराङजा देउराली नजिकै बेवारिसे अवस्थामा रहेका ५ नाल भरुवा बन्दुक बरामद गरेको हो।



    प्रहरी चौकी बरवाङबाट खटिएको टोलीले सोमबार उक्त हतियार फेला पारेको थियो।



    स्थानीयले दिएको सूचनाका अधारमा खटिएको प्रहरीको टोलीले साबुत २ र बेसाबुत ३ गरी ५ नाल भरुवा बन्दुक भेट्टाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    प्रहरीले ती बन्दुक जिल्ला प्रहरी कार्यालयमा पठाएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको र अहिलेसम्म कोही व्यक्ति पक्राउ नपरेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार