Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • छिमेकीको हत्या आरोपमा सिराहाबाट एक जना पक्राउ

    छिमेकीको हत्या आरोपमा सिराहाबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ८ साउन २०८१
  • 342
    SHARES

    सिराहा। सिराहामा छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा अर्नमा गाउँपालिका-२ ब्रहमपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेका छन् ।



    बच्चुले गत जेठ ३ गते बिहान ब्रहमपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ ।



    ट्याक्टर लिएर खेतमा पुगेका बुधरामलाई बचाइले कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लामो समयदेखि जग्गाको विषयलाई लिएर बुधराम र बचाइबीच विवाद थियो ।

    घटनालगत्तै फरार भएका बचाइलाई खोजतलासको क्रममा सिराहाको औरही गाउँपालिका-१ दरहैयास्थित नेपाल-भारतको सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

    बचाइमाथि कर्तव्य ज्यान मुद्दामा ३ को म्याद थपरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार