काठमाडौं । रथयात्रामा तनाब बढेको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले शान्ति सुरक्षामा खलल पुर्याइएको भन्दै कर्फ्यू आदेश जारी गरेको जनाएको छ ।
रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो । सो आदेशको उल्लंघन गरी घरबाट बाहिर निस्केमा अन्य काम गरेमा सुरक्षाका लागि खटिएको प्रहरीले गोली हान्ने समेत जनाइएको छ। कर्फ्यू आदेश क्षेत्रमा भेला हुन तथा आवतजावत गर्न पाइंदैन ।
कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
प्रहरीले आज ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ । रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको थियो।
हेर्नुहोस् सुचना
Leave a Reply