काठमाडौं । काठमाडौंमा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गएरातिदेखिको वर्षाका कारण काठमाडौंका नदीमा जलसतह बढेको हो ।
वाग्मती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ ।
वाग्मती, विष्णुमती, धोविखोलालगायत नदीमा जलसतह सतर्कता तह आसपास रहेको छ । नदी तटीय क्षेत्रहरूमा यात्रा गर्ने र बस्नेहरूले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले भनेको छ ।
Leave a Reply