Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण नियुक्त

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 381
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त भएका छन्।

    प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।



    नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।



    प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री हुने व्यवस्था यस उपधारामा छ ।

    उनी नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

    आचार्यले सोमबार नै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । उनले ५६ जना सांसदको हस्ताक्षर बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार