Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल फर्किएका विद्यार्थीहरुले परराष्ट्रमन्त्रीलाई भने – बंगलादेशमा रहेका साथीहरुको सुरक्षा होस्

    नेपाल फर्किएका विद्यार्थीहरुले परराष्ट्रमन्त्रीलाई भने – बंगलादेशमा रहेका साथीहरुको सुरक्षा होस्

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 297
    SHARES

    काठमाडौं । बंगलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुले आज परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेट गरेका छन्।

    नेपाल फर्किएका ढाकास्थित विभिन्न कलेजमा चिकित्साशास्त्र विषयमा अध्ययनरत विद्यार्थीहरुले आज परराष्ट्र मन्त्रालय पुगेर राणासँग भेट गरेका हुन् ।



    उनीहरुले परराष्ट्रमन्त्री राणालाई बंगलादेशको अवस्थाका बारेमा जानकारी गराएका छन् ।



    उनीहरुले आन्दोलनका कारण त्यहाँका विभिन्न कलेजमा अध्ययनरत नेपाली तथा विदेशी विद्यार्थीले असुरक्षित महसुस गरेको जानकारी गराएका थिए ।

    हाल ढाका र त्यस वरपरका क्षेत्रमा इन्टरनेट तथा टेलिफोन सेवा समेत काटिएकाले आफ्ना परिवारसँग पनि सम्पर्क गर्न नसकिएको, आफू रहेका स्थानबाट बाहिर निस्कन नपाएको हुँदा आत्तिएका उनीहरुले जानकारी गराए ।

    हाल त्यहीँ रहेका आफ्ना नेपाली साथीहरुलाई सुरक्षित रहनका लागि पहल गर्न र आन्दोलनका कारण आफ्नो अध्ययनमा परेको असरलाई कम गर्नका लागि कूटनीतिक माध्यमबाट पहल गरिदिन विद्यार्थीहरुले मन्त्री राणासँग आग्रह गरे।

    ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन् । परराष्ट्र मन्त्रालयले आइतबारसम्म एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किसकेका जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार