Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • कोरियन भाषा पास गरी रोस्टरमा रहेकाले वन क्षेत्र रोज्न पाउने

    कोरियन भाषा पास गरी रोस्टरमा रहेकाले वन क्षेत्र रोज्न पाउने

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 288
    SHARES

    काठमाडौं । कोरियाको कृषितर्फ भाषा पास गरी रोस्टरमा रहेकाहरुले वन क्षेत्र रोज्न पाउने भएका छन् ।

    २०२४ डिसेम्बर ३१ भित्र म्याद सकिनेहरूले वन क्षेत्रतर्फ रोस्टर परिवर्तन गर्न पाउने इपिएस कोरिया शाखाले जनाएको हो ।



    इपिएसमार्फत् कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा पास गरेर रोस्टरमा रहेकाहरूले क्षेत्र परिवर्तन गर्न पाउने छन्।



    उनीहरूले २१ जुलाई २०२४ देखि २४ जुलाई २०२४ सम्म रोस्टर परिवर्तन गर्न चाहेको निवेदन शाखामा दिनुपर्नेछ।

    निवेदनमा राहदानी नम्बर, प्रवेशपत्र नम्बर, सम्पर्क नम्बर र सूचीमा नाम उल्लेख भएको सिरियल नम्बर राख्नुपर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार