काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको स्टेलर एजुकेशनले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
स्टेलर एजुकेशनले पुतलीसडकस्थित आफ्नो कार्यालय परिसरमा जुलाई २६ का दिन “स्टडी इन न्यूजील्याण्ड शिक्षा मेला” आयोजना गर्ने भएको स्टेलर एजुकेशनका प्रबन्ध निर्देशक सुदीप केसीले बताए ।
केसीका अनसार उक्त दिन बिहान ११ बजेदेखि ४ बजेसम्म फेयर सञ्चालन हुनेछ । उच्च शिक्षाका लागि न्युजील्याण्ड जान चाहने विद्यार्थीहरुले एकै ठाउँबाट न्यूजील्याण्डका धेरै भन्दा धेरै शैक्षिक संस्थाका बारेमा जानकारी लिने सक्ने केसी बताउँछन् ।
नेपाली विद्यार्थीलाई न्युजील्याण्डको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृत्तिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले फेयर आयोजना गरिएको केसी बताउँछन् ।
फेयरमा न्यूजील्याण्डका विभिन्न शैक्षिक संस्थाहरूको प्रतिनिधिहरु पनि उपस्थित हुने हुँदा विद्यार्थीहरुले प्रत्यक्ष कुराकानी गर्ने अवसर पाउनेछन् ।
फेयरले न्यूजील्याण्डका शैक्षिक संस्थाहरुको अवस्था, भर्ना प्रक्रिया, र छात्रवृत्तिका अवसरहरुलगायतका विषयमा सुझाव र सल्लाह प्रदान गर्ने हुँदा विद्यार्थीहरुले एउटै छानामुनीबाट धेरै सेवा र सुविधा लिन सक्ने स्टेलर एजुकेशनको विश्वास रहेको जनाइएको छ ।
प्रबन्ध निर्देशक केसीका अनुसार फेयरले छात्रवृत्तिहरू सहित शीर्ष विश्वविद्यालयहरूले प्रस्ताव गरेका अध्ययन कार्यक्रमहरूको विस्तृत श्रृंखलाका बारेमा पनि जनकारी गराउनेछ ।
फेयरमा न्यूजिल्याण्डका लागि लाइसेन्स प्राप्त अध्यागमन सल्लाहकार एनोस जोसेफले न्युजिल्याण्डमा उपलब्ध विविध अध्ययन कार्यक्रम, भर्ना प्रक्रिया, र छात्रवृत्तिको अवसरबारे महत्वपूर्ण सुझाव प्रदान गर्नेछन् ।
त्यसैगरी फेयरमा न्युजिल्यान्ड अध्यागमनका पूर्व अधिकारी विनिता सुगेशले पनि न्युजिल्याण्डमा भिसा आवेदन प्रक्रियाको सूक्ष्मता, सामान्य समस्याहरूको पहिचान र सफलतापूर्वक आवेदन दिने तरिकाबारे विशेषज्ञ सल्लाह दिनेछिन् ।
फेयरमा झण्डै एक दर्जन कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको सहभागिता रहने पनि स्टेलर एजुकेशनले बताएको छ ।
Leave a Reply