Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • राज्यमन्त्री रायको हत्या प्रकरण : एक जना नियन्त्रणमा

    राज्यमन्त्री रायको हत्या प्रकरण : एक जना नियन्त्रणमा

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 753
    SHARES

    काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या सम्बन्धमा सोधपुछका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

    सर्लाही निवासी राज्यमन्त्री रायको गएराति चन्द्रनगरस्थित आफ्नै निवासमा हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी रविन्द्रबहादुर सिंहका अनुसार रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।



    प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए । ती व्यक्तिले राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएको बताइएको छ ।



    हत्यामा कसको संलग्नता छ र के कारणले हत्या भएको हो भन्ने प्रस्ट भइसकेको छैन । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ भने पोस्टमार्टमका लागि शवलाई मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार