Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • ट्राफिक प्रहरीले एक वर्षमा संकलन गर्‍यो एक अर्ब ७५ करोड राजस्व

    ट्राफिक प्रहरीले एक वर्षमा संकलन गर्‍यो एक अर्ब ७५ करोड राजस्व

    अनलाइन नेपाल
  • आइतबार, ६ साउन २०८१
  • 459
    SHARES

    काठमाडौँ । ट्राफिक प्रहरीले एक वर्षमा १ अर्ब ७५ करोड ८१ लाख राजस्व उठाएको छ ।

    प्रहरी मुख्यालयका आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार २०८० साउनपछिको एक वर्षमा ट्राफिक जरिवानाबाट १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार राजस्व सङ्कलन गरेको हो ।



    गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले १ अर्ब ८८ करोड १४ लाख सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७९–०८० को तुलनामा ट्राफिक जरिवाना बापत सङ्कलन गरिने राजस्व रकम घटेको छ ।



    विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार