Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • मोहना नदीमा अलपत्र परेका २५ जनाको उद्धार

    मोहना नदीमा अलपत्र परेका २५ जनाको उद्धार

    अनलाइन नेपाल
  • आइतबार, ६ साउन २०८१
  • 309
    SHARES

    कैलाली । आइतबार बर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का बासिन्दाहरू नदी पार गरी घाँस काट्न गएकोमा सो नदीमा एक्कासि पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।



    उनीहरू नदीपारि अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट फुलबारीबाट खटिएको सुरक्षा फौजले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार