Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • म सधैं अघि बढ्ने मानिस हुँ, ब्याक गियर लगाउन जानेको छैन : प्रधानमन्त्री ओली

    म सधैं अघि बढ्ने मानिस हुँ, ब्याक गियर लगाउन जानेको छैन : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • आइतबार, ६ साउन २०८१
  • 414
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता हटाउन संविधानमा संशोधन आवश्यक रहेको बताएका छन् ।

    प्रतिनिधि भामा विश्वासको मत माग्ने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुट्ने विश्वास व्‍यक्त गरे।



    विकासको मुख्य तगारो अस्थिरता भएकाले त्यसलाई हटाउन संविधान संशोधन आवश्यक परेको पनि प्रधानमन्त्री ओलीले बताए ।



    प्रधानमन्त्री ओलीले भने,‘विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ ।म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन ।’

    संविधान संशोधन प्रतिगमन नभएको प्रष्टोक्ति दिदै ओलीले यो अडानबाट पछि नहट्ने प्रतिबद्धता नै गरे । प्रधानमन्त्री ओलीले संविधान विकासको बाधक हुन नहुने र भएको खण्डमा त्यसलाई संसोधन गर्नुपर्ने बताए।

    तर त्यो संसोधन देश र जनताको हितमा हुने उनले बताए। त्यसकारण आशा छ यस मामिलामा सिंगो देश एक हुने र राष्ट्रिय सहमति हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री ओलीले बताए।

    उनले दुई तिहाइले संविधान संसोधन हुने भएपनि संसोधन गर्दा सबै मिलेर गर्नुपर्ने बताए। इतिहासमा पनि संविधान संसोधन गर्दा सबै दलहरू मिलेर गरिएको स्मरण गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार