बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।
विश्वासको मत नपुग्ने निश्चित भएपछि मुख्यमन्त्री महराले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्।
एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो ।
महराको राजीनामा पछि कांग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् ।
दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको छ ।
Leave a Reply