Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कांग्रेस सांसद खतिवडाले मागे उपसभामुख रानाको राजीनामा

    कांग्रेस सांसद खतिवडाले मागे उपसभामुख रानाको राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, ६ साउन २०८१
  • 288
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले राजीनामा मागेका हुन् ।



    सांसद खतिवडाले असम्बन्धित पाँच जना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख रानाले आफ्नो लेटरहेटड प्रयोग गरेको बताए ।



    यसलाई उनले मानव तस्करसँग जोडेर ब्याख्या गरे ।

    सांसद खतिवडाले भने,‘संसदसँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाका भिसाको लागि अन्तरर्वार्ताका लागि प्रयोग गरेको पत्र प्राप्त भयो । यस्तो अवस्थामा उपसभामुखले अब संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?’

    प्रतिनिधिसभामा कुनै पत्र आए सभामुख हुँद महासचिव मार्फत परराष्ट्रमन्त्रालय पुग्नुपर्नेमा त्यसो नभएको भनेर उनले प्रश्न गरे ।

    यो कसले के प्रयोजनका लागि भएको हो भनेर छानबिन गरिनुपर्ने उनको माग छ ।

    उनले उपसभामुखले ५ जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न पत्र लेखेपछि राजीनामा दिनुपर्ने बताए ।

    सांसद खतिवडाले पैसा लिएर सदनको मर्यादालाई समेत ख्याल नगरी मानव तस्करी गरेको आरोप लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार