काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ः३० बजे दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, “आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।”
उक्त पार्टीको शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो ।
Leave a Reply