Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका निम्ति ‘हेल्प डेस्क’

    बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका निम्ति ‘हेल्प डेस्क’

    अनलाइन नेपाल
  • आइतबार, ६ साउन २०८१
  • 315
    SHARES

    फाइल तस्विर

    काठमाडौं । परराष्ट्र मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका निम्ति ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।

    मन्त्रालयले शनिबार एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ ।



    समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका निम्ति आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले निर्धारण गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरेको छ ।



    नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    त्यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्न सक्ने सन्दर्भमा आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना मन्त्रालयलाई जानकारी गराइदिन समेत अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार