Online Nepal
  • शुक्रबार, १९ पुष २०८१
  • समाजवादीका अध्यक्ष भट्टराईले भने – नयाँ पार्टी खोल्दैमा वैकल्पिक शक्ति भन्न मिल्दैन

    समाजवादीका अध्यक्ष भट्टराईले भने – नयाँ पार्टी खोल्दैमा वैकल्पिक शक्ति भन्न मिल्दैन

    अनलाइन नेपाल
  • शनिबार, ५ साउन २०८१
  • 726
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना विचारलाई सम्मान गर्दै नयाँ विचारका आधारमा अघि बढ्नुपर्ने बताएका छन्।

    शनिबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रमका बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।



    उनले मुलुकको परिवर्तनमा पुराना विचारको योगदान रहेकाले त्यसलाई सम्मान गर्दै नयाँ विचारका आधारमा अघि बढ्नुपर्ने बताए।



    उनले दुई चार जना मिलेर नयाँ पार्टी खोल्दैमा वैकल्पिक शक्ति नहुने भन्दै नयाँ र सहि विचार आधारमा वैकल्पिक शक्तिलाई परिभाषित गर्नुपर्ने जिकिर गरे।

    सही विचार र नीति लिन नसके नयाँ भनिएका शक्तिहरू विस्तारै हराउँदै जाने उनको भनाइ छ।

    अध्यक्ष भट्टराईले सुगौली सन्धीदेखि खुला सीमानामा कारण अर्थतन्त्रमा भारतसँग प्रतिस्पर्धा गर्न नसक्ने र असमान सन्धीलाई नसच्याएसम्म पनि नेपालको विकास नहुने पनि बताए।

    भट्टराईले स्वतन्त्रता, समानता र भ्रातृत्वलाई आधुनिक दर्शनको रूपमा व्याख्या गरिएको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार