Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • चीनमा पुल खस्दा ११ जनाको मृत्यु, तीस बेपत्ता

    चीनमा पुल खस्दा ११ जनाको मृत्यु, तीस बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, ५ साउन २०८१
  • 297
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ ।

    भिषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको हो ।



    तीस जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले जनाएको छ।



    राजमार्गको पुल तल नदीमा खसेपछि लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।

    हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको छ । राज्यको टिभीमा सार्वजनिक गरिएको तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखाइएको छ ।

    उत्तरी र मध्य चीनमा मङ्गलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिरबाट प्रभावित भएको छ ।

    राज्य सञ्चालित सञ्चारमाध्यमले सानक्सीको बाओजी सहरमा आएको बाढीपहिरोबाट कम्तिमा पाँच जनाको मृत्यु भएको र आठ जना बेपत्ता भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार