Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रुसमा अमेरिकी पत्रकार गेर्शकोभिचलाई १६ वर्षको कारागार सजाय

    रुसमा अमेरिकी पत्रकार गेर्शकोभिचलाई १६ वर्षको कारागार सजाय

    अनलाइन नेपाल
  • शनिबार, ५ साउन २०८१
  • 270
    SHARES

    रुस । अमेरिकी संवाददाता इभान गेर्शकोभिचलाई शुक्रबार रुसको एक अदालतले ‘जासुसी’ गरेको आरोपमा १६ वर्षको कारागार सजाय सुनाएको छ ।

    अदालतको उक्त फैसला तीन साताभन्दा धेरै गुप्त अदालती कारबाहीपछि आएको हो । यसलाई वासिङ्टनले ‘जालसाजी’ भनेको छ ।



    पहिला नै दोषी ठहर नगरिएसम्म कैदीहरूलाई अन्तर्राष्ट्रियस्तरमा आदानप्रदान नगर्ने रुसको नीति छ । यसबाट सम्भावितरूपमा ३२ वर्षीय गेर्शकोभिचलाई एक सम्झौतामा अदलाबदली गर्न मार्ग प्रशस्त गर्दछ ।



    न्यायाधीश आन्द्रेई मिनेयेभले भने, “उनलाई कठोर शासनको कोलोनीमा १६ वर्षका लागि कारागार सजाय सुनाइएको थियो ।”

    कालो ट्राउजर र टि–सर्ट लगाएका गेर्शकोभिचले प्रतिवादीको कठघरामा उभिएर सजायप्रति कुनै प्रतिक्रिया व्यक्त गरेननन् । आफूलाई लैजाँदा उनले पत्रकार साथीहरूलाई हात हल्लाए ।

    आफूलाई निर्दोष बताउने वाल स्ट्रिट जर्नलका संवाददाता गेर्शकोभिच शीत युद्धपछि रुसमा जासुसीको आरोप लगाइएका पहिलो पत्रकार बनेका छन् । उनलाई सन् २०२३ मार्चमा रुसी सहर येकातेरिनबर्गमा हिरासतमा लिइएको थियो ।

    उनले संयुक्त राज्य सरकारको आरोपका आधारमा करिब १६ महिना हिरासतमा बिताए । उनको रोजगारदाताले आरोपलाई मनगढन्ते भनेको छ ।

    जर्नलका प्रकाशक अलमार लाटोर तथा प्रधान सम्पादक एम्मा टकरले एक विज्ञप्तिमा भने, “यो अपमानजनक, देखावटी सजाय इभानले एक पत्रकारका रूपमा आफ्नो काम गर्दा गलत तरिकाले हिरासतमा लिएको, आफ्नो परिवार र साथीहरूबाट टाढा राखेको, रिपोर्टिङ गर्न रोकेको र चार सय ७८ दिन कारागारमा बिताएपछि आएको हो ।”

    प्रेस अधिकार समूह रिपोर्टर्स विदआउट बोर्डर्सले सजायलाई ‘अपमानजनक’ भन्दै गेर्शकोभिचलाई तुरुन्त रिहा गर्न आह्वान गरेको छ ।

    वासिंटनले विदेशमा सजाय पाएका रुसीहरूको रिहाइलाई सुरक्षित गर्न गेर्शकोभिचलाई बार्गेनिङ चिपका रूपमा राखिएको विश्वास गरेको छ ।

    जुनको अन्त्यमा भएको पहिलो सुनुवाइदेखि उनको मुद्दा तीव्र गतिमा अघि बढेको छ । अभियोजन र प्रतिरक्षा टोलीले शुक्रबार आफ्नो अन्तिम तर्क दिएका छन् ।

    रुसमा यस्तै प्रकारका अन्य मुद्दाहरूको सुनुवाइ अन्यन्त सुस्त गतिमा हुने गरेको छ । सुनुवाइका बीचमा धेरै साता र यहाँसम्म कि महिनौँ लाग्ने गरेको छ ।

    शुक्रबार प्रश्न गर्दा क्रेमलिनले कैदीहरूको अदलाबदलीको सम्भावनाबारे अडकलहरूमा सहभागी हुन अस्वीकार गरेको छ । रासस/एएफपी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार