Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रिपब्लिकन सम्मेलनमा ट्रम्पको सम्बोधन – भगवानको कृपाले म बाँचें

    रिपब्लिकन सम्मेलनमा ट्रम्पको सम्बोधन – भगवानको कृपाले म बाँचें

    अनलाइन नेपाल
  • शनिबार, ५ साउन २०८१
  • 258
    SHARES

    एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति एवं रिपब्लिकनबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफू भगवानको कृपाले बाँचेको बताएका छन् ।

    पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा गोली प्रहारबाट घाइते भएका ट्रम्पले मिल्वाकीमा आयोजित रिपब्लिकन सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले भने, ‘म आज राती यहाँ हुने थिइनँ।’



    ‘मैले चर्को आवाज सुनेँ र मेरो दाहिने कानमा चोट लागेको महसुस गरें। मैले तत्काल आफ्नो कानमा हात लगें, कान रगतले ढाकिएको थियो । ममाथि आक्रमण भइरहेको छ भन्ने मलाई तुरुन्तै थाहा भइहाल्यो,’ ट्रम्पले घटनाको स्मरण गर्दै भने ।

    सिक्रेट सर्भिसका धर्मचारीहरूले गोली चलिरहेकै अवस्थामा स्टेजमा पुगेर आफूलाई सुरक्षित स्थानमा लगेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार