Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रकम चाँडै उपलब्ध गराइने छ : अर्थमन्त्री पौडेल

    निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रकम चाँडै उपलब्ध गराइने छ : अर्थमन्त्री पौडेल

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 336
    SHARES

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रकम चाँडै उपलब्ध गराइने बताएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग आज अर्थ मन्त्रालयमा कुरा गर्दै मन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानी रोकिँदा सन्देश गलत गएको उल्लेख गरेका हुन् ।



    निर्माण व्यवसायीको रकम अविलम्ब भुक्तान गर्नेबारे विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल गरेको उनले बताए ।



    “सरकार र निर्माण व्यवसायी एउटै डुङ्गाका यात्री हुन्, दुवै पक्षले सहकार्य गरी अघि बढ्नुको विकल्प छैन”, मन्त्री पौडेलले भने । निर्माण व्यवसायीका अन्य समस्या क्रमशः सम्बोधन हुने उनको भनाइ थियो ।

    व्यवसायीले तोकिएको रकममा समयमै गुणस्तरीय कार्य गर्नुपर्ने मन्त्री पौडेलले खाँचो औँल्याए । निर्माण व्यवसायी नै मुलुकको विकासका अभियन्ता भएकाले सरकारलाई भरोसा गरी आत्म गौरवका साथ कार्य गर्न उनले निर्माण व्यवसायीलाई सुझाव दिए ।

    मुलुकको व्यवस्था फेरिए पनि अवस्था नफेरिएको उल्लेख गर्दै मन्त्री पौडेलले समस्या देखाउने नभई समाधन गर्ने ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार