Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • माओवादी केन्द्रसहित तीन दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

    माओवादी केन्द्रसहित तीन दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 741
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रसहित तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

    माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ ।



    विपक्षी दलहरुले मोर्चाबन्दी नै गरेर सिंहदरबारमा सामुहिक छलफल गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने र एकीकृत समाजादी अध्यक्ष माधवकुमार नेपालले यस्तो निर्णय गरेका हुन् ।

    निर्वतमान प्रधानमन्त्री प्रचण्डले असार २८ मा प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएका थिए ।

    त्यसबेला माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) ले प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

    प्रतिनिधिसभामा ६२ सिट भएका तीन प्रतिपक्ष दलले ओलीलाई विश्वासको मत नदिन एक ठाउँमा उभिएका छन् ।

    ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बन्ने सहमति भएको बैठकमा सहभागि एक नेताले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार