काठमाडौं । अर्काको नागरिकता प्रयोग गरेर बैंक खाता खोलेर चेकबुक दुरुपयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–६ घर भएका ध्रुवकृष्ण शर्मा छन् ।
शर्माले मुक्तिनाथ विकास बैंकको थिमी शाखालाई झुक्काएर अर्काको नागरिकता प्रयोग गरेर खाता खोलेका थिए ।
शर्माले धनुषा घर भएका सन्तोषसिंह दनुवारको नागरिकता दुरुपयोग गरेर खाता खोलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अर्काको नागरिकता प्रयोग गरेर आफ्नो फोटो र मोबाइल नम्बर राखेर खाता सञ्चालन गरेका शर्माले चेकबुक दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।
उनलाई थप कानुनी कारवाहीका लागि प्रहरी वृत्त थिमी पठाइएको छ।
Leave a Reply