Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • मन्त्रीलाई गुमराहमा राखेर करोडौं असुली एउटै होटलमा दुईवटा क्यासिनोलाई अनुमती !

    मन्त्रीलाई गुमराहमा राखेर करोडौं असुली एउटै होटलमा दुईवटा क्यासिनोलाई अनुमती !

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । विवादास्पद गैरआवासीय नेपाली वुद्धिसागर सुवेदीको समूहले रुपन्देहीमा सञ्चालन गर्दै आएको टाइगर प्यालेस रिसोर्टमा दुईवटा क्यासिनोलाई सञ्चालनको अनुमति दिलाउन लागिएको रहस्य खुलेको छ ।

    कानूनतः एउटै होटलमा दुईवटा क्यासिनो सञ्चालन गर्न पाइदैन । तर, नेपाली कांग्रेसका नेता बद्री पाण्डे संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेसँगै उनलाई गुमराहमा राखेर एउटै होटलमा दुईवटा क्यासिनो सञ्चालनको अनुमति दिलाउन लागिएको हो ।



    पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले डेढ करोड भन्दा बढि रकम असुलेर नयाँ कम्पनीलाई क्यासिनो सञ्चालनका लागि अनुमति दिलाउन लागेको स्रोतको दावी छ ।



    टाइगर प्यालेस रिसोर्टमा एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो । एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिमा सिल्भल हेरिटेज प्रालिको ९० प्रतिशत र टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिको १० प्रतिशत शेयर रहेको छ ।

    रिसोर्टका सञ्चालक वुद्धिसागर सुवेदीकै कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि र टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिले क्यासिनो सञ्चालन गर्दै आइरहेकोमा सुवेदीले नयाँ सम्झौता गराएर क्यासिनो डन भनेर चिनिने रवि शर्मा धितालको कम्पनी रोयल टाइगर रिक्रियसन प्रालिलाई एकाएक क्यासिनो सञ्चालन गर्न अनुमति दिएका थिए ।

    सुवेदीले धितालसँग साँठगाँठ गरी टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिलाई पाखा लगाउन यस्तो हर्कत गरेपछि मुद्दा पर्यटन विभाग हुँदै अदालतसम्म पुगेको छ ।

    आफूलाई सफल गैरआवासीय नेपाली ठान्ने सुवेदीले क्यासिनोमा १० प्रतिशत शेयर रहेको टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिलाई पाखा लगाउन गैर कानूनी रुपमा धितालसँग सम्झौता गरेका हुन् ।

    पर्यटन विभागले पनि रोयल टाइगर रिक्रियसन प्रालिलाई सोही होटलमा क्यासिनो सञ्चालन गर्ने अनुमति दिएपछि विवाद अदालतसम्म पुगेको हो । १० प्रतिशत शेयर रहेको टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिले आफूहरु अन्यायमा परेको भन्दै अघिल्लो वर्ष नै अदालत गुहारेको थियो । जुन मुद्दा अहिले पनि अदालतमा विचाराधिन छ ।

    पर्यटन विभागका महानिर्देशक पण्डित अहिले रवि शर्मा धितालको कम्पनीलाई क्यासिनो सञ्चालनको अनुमतिका दिलाउन लागि परेका छन् । पण्डित माओवादी निकट मानिन्छन् । नयाँ सरकार गठनसँगै आफ्नो पद धरापमा पर्ने भएपछि उनले सुवेदी र धितालसँग असुलेको रकम पचाउन नयाँ कम्पनिलाई क्यासिनो सञ्चालनको अनुमति दिलाउन लागेका हुन् ।

    पण्डितमाथि केही समय अघि पनि भैरहवामा सञ्चालित सिद्धार्थ भिलासा होटलमा मिनी क्यासिनो सञ्चालनको अनुमति दिंदा ५० लाख असुलेको आरोप लाग्दै आएको छ ।

    धिताल र सुवेदीले रोयल टाइगर रिक्रियसन प्रालिको नाममा क्यासिनोको अनुमति लिनका लागि महानिर्देशक पण्डिलाई ठूलो रकम बुझाएका कारण शेयरधनीबीच विवाद हुँदाहुँदै पनि अर्को कम्पनीलाई क्यासिनो सञ्चालनको अनुमति दिलाउन लागिएको हो ।

    टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालि शेयरधनी रहेकोमा धितालले एकलौटी कम्पनी जस्तो गरी क्यासिनो बन्द गरेको निवेदन दिएर नयाँ अनुमति लिन लागेका हुन् ।

    टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिको शेयर हडप्ने उद्देश्यले धितालले अर्को क्यासिनो दर्ता गरेपछि विवाद अदालतसम्म पुगेको हो ।

    महानिर्देशक पण्डित भने एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिले सञ्चालन गरेको क्यासिनो बन्द गरी रोयल टाइगर रिक्रियसन प्रालिले नयाँ क्यासिनो सञ्चालन अनुमति मागेकाले प्रकृया अगाडि बढाइएको दावी गर्छन् ।

    यसअघि रोयल टाइगर रिक्रियसन प्रालिका सञ्चालक धितालले तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँड, निवर्तमान प्रधानमन्त्री पुत्री गंगा दाहालका श्रीमान जीवन आचार्य र पर्यटन विभागका महानिर्देशक पण्डितलाई मिलाइसकेको भन्दै जबरजस्ती क्यासिनो सञ्चालन गर्न खोजेका थिए ।

    त्यतिमात्रै होइन धितालले नयाँ क्यासिनोमा जीवन आचार्यको पनि लगानी रहेको बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार