Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • विमानस्थलबाट ५२ ग्राम सुनसहित तीन जना पक्राउ

    विमानस्थलबाट ५२ ग्राम सुनसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 480
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    ५२ ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् ।



    हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९/९ हजार रुपैयाँमा सुन बोकाएको खुलेको छ।

    उक्त सुन विमानस्थल एरियााको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार