काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर राजदूत थम्प्सनले मन्त्री राणालाई भेटेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई जनाबीचको भेटमा नेपाल-अमेरिका सम्बन्धका विविध आयाम र विकास सहकार्यबारे छलफल भएको छ ।
भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको समेत उपस्थिति थियो ।
उनीहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको परराष्ट्रमन्त्री देउवाको सचिवालयले जनाएको छ।
Leave a Reply