काठमाडौं । सूर्यकुमार यादव भारतको नयाँ टी-२० कप्तान बनेका छन् ।
भारतले श्रीलंकासँग हुने तीन टी-२० आई सिरिजको लागि ब्याटर सूर्यकुमारको कप्तानीमा टोली घोषणा गरेको हो ।
भारतले श्रीलंका भ्रमणमा समान तीन ओडीआई र टी-२० आई सिरिज खेल्दै छ ।
दुई साता अघि आईसीसी टी-२० विश्वकप २०२४ को उपाधी जितेसँगै कप्तान रोहित शर्माले टी-२० आईबाट सन्यास लिएका थिए ।
यस्तै शुभमन गिल उपकप्तान बनेका छन् ।
Leave a Reply