Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मधेश सरकारमा कांग्रेसका चार मन्त्री नियुक्त

    मधेश सरकारमा कांग्रेसका चार मन्त्री नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ३ साउन २०८१
  • 423
    SHARES

    जनकपुरधाम । नेपाली कांग्रेसबाट मधेश सरकारमा चार मन्त्री नियुक्त भएका छन् ।

    मुख्यमन्त्री सतिशकुमार सिंहले उनीहरुलाई मन्त्री नियुक्त गर्न प्रदेश प्रमुख कार्यालयमा सिफारिस गरेका हुन् ।



    कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर राय नियुक्त भएका छन् ।



    बिहीबार साँझ ७ बजेट उनीहरुको सपथ कार्यक्रम राखिएको छ ।

    यस्तै जनमतबाट विना विभागीय मन्त्री रहेका मो.सकिल अहमदलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेबारी दिइएको छ ।

    अब मुख्यमन्त्रीसित गृह सञ्चार मन्त्रालय मात्र बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार