Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सिमलताल बस दुर्घटना : थप एक यात्रुको शव भेटियो

    सिमलताल बस दुर्घटना : थप एक यात्रुको शव भेटियो

    अनलाइन नेपाल
  • बिहिबार, ३ साउन २०८१
  • 513
    SHARES

    चितवन । मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बसमा सवार थप एक जनाको शव फेला परेको छ।

    भरतपुर महानगरपालिका२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको हो ।



    शवको सनाखत हुन बाँकी छ । शवलाई भरतपुर अस्पताल ल्याएर पोष्टमार्टम गरिँदैछ । योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ ।



    जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन्।

    गत असार २८ गते विहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो ।

    ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो । नदीमा अझै ४२ यात्रुको अवस्था अज्ञात छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार