Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सहरी विकासमन्त्री सिंह र चिनियाँ राजदूतबीच भेटवार्ता

    सहरी विकासमन्त्री सिंह र चिनियाँ राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ३ साउन २०८१
  • 240
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

    सिंहदरबारमा सहरी विकासमन्त्री सिंहसँग राजदूत सोङले भेटवार्ता गरेका हुन् ।



    राजदूत सोङले नेपालको शहरी क्षेत्रको विकासमा थप सहकार्य गर्न तत्पर रहेको बताए।



    राजदूत सोङले दुई देशबीचको शहरी क्षेत्रको विकासका लागि भइरहेको सहयोगबारे छलफल गर्दै थप सहकार्य गर्न तत्पर रहेको बताए।

    त्यस्तै नेपालले बनाउने भनेको स्मार्ट सिटीलाई प्रविधिसँग आबद्ध गर्ने, ट्राफिक लाइट, सडक सुरक्षालगायतका क्षेत्र पनि सहयोग गर्नसक्ने राजदूत सोङले बताएका थिए।

    त्यस्तै चीनसँग सीमाना जोडिएका हिमाली क्षेत्रमा १० वटा शहर बनाउने विषयमा पनि चीनले सहयोग गर्नसक्ने राजदूतले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार