Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • भिजिट भिसामा कुवेत लगेर महिलामाथि यौन शोषण गर्ने कृष्ण पक्राउ

    भिजिट भिसामा कुवेत लगेर महिलामाथि यौन शोषण गर्ने कृष्ण पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३ साउन २०८१
  • 375
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भिजिट भिसामा कुवेत लगेर मानव बेचविखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारी रहेका छन् ।



    उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाएका थिए ।

    अधिकारीले त्यहाँ रहेका अर्का व्यक्तिसँग मिलेमतो गरी मासिक ४० हजार तलब हुने भन्दै महिलाको अन्तरवार्तासमेत लिएका थिए ।

    लागत खर्च भनी अधिकारीले महिलाबाट दुई लाख नगद लिएका थिए । अधिकारीले सुरूमा भिजिट भिसामा महिलालाई २०७९ जेठ १६ गते दुबई पुर्‍याएका थिए ।

    दुबईमा पुगेपछि अर्का व्यक्तिको जिम्मा लगाएका थिए। ब्यूरोका अनुसार ती व्यक्तिले आफू बस्ने फ्ल्याटमा महिलालाई पुर्‍याए ।

    उनले ती महिलालाई घरेलु काममा लगाएर चरम यौनशोषण गरी गर्भपतनसमेत गराएको खुलेको छ ।

    त्यसपछि ती व्यक्तिले दुबईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिस क्लिनर हो भन्दै २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याएर अर्का एजेन्टको जिम्मा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    त्यहाँ पुगेपछि ती एजेन्टले बन्धक बनाएर चरम यौन शोषण गरेको उजुरीमा उल्लेख गरिएको छ। आफूमाथि शोषण सहन नसकेर ती महिलाले एजेन्टलाई नेपाल फर्काइदिन अनुरोध गरेकी थिईन् ।

    रकम बुझाउन भनेपछि उनले आफन्तमार्फत् ६ लाख ७५ हजार रुपैयाँ तिरेपछि ती एजेन्टले मुक्त गरिदिएका थिए ।

    ब्यूरोका अनुसार त्यसपछि ती महिला २०८० मंसिर ३ गते नेपाल फर्केर ब्युरोमा जाहेरी दिएकी थिइन् ।

    अधिकारीलाई खोजी गरिरहेको प्रहरीले बुधबार पक्राउ गरी अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार