Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सहरी विकास मन्त्रीको प्रहरी चलाउने रहर, सुरक्षा निकायका तीन प्रमुखसँग लिए विफ्रिङ

    सहरी विकास मन्त्रीको प्रहरी चलाउने रहर, सुरक्षा निकायका तीन प्रमुखसँग लिए विफ्रिङ

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 3.6K
    SHARES

    काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंहले नेतृत्व गरिरहेका छन् । सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।

    सहरी विकास मन्त्रालयमा सिंह खुशी छैनन् । खासमा उनी गृहमन्त्री हुन चाहेका थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना ‘यसम्यान’ रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मेवारी दिए ।



    सहरी विकास मन्त्री भए पनि प्रकाशमानले प्रहरी चलाउने रहर देखाएका छन् । बुधबार तीनै सुरक्षा निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर उनले ब्रिफिङ लिएका छन् ।



    नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई बोलाएर उनले सामूहिक ब्रिफिङ नै लिएका हुन् ।

    मन्त्री सिंह आफैंले यसबारे जानकारी दिएका छन । उनले फेसबुकमा लेखेका छन्,‘सिंहदरबारस्थित मन्त्रालयलमा तिनवटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक संग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्था बारे जानकारि लिएको छु ।’ प्रधानमन्त्री र गृहमन्त्री बाहेक अरुले यसरी सुरक्षाको बारेमा ब्रिफिङ लिने चलन छैन ।

    तर, उपप्रधानमन्त्री सिंहको शैली देखेर आइजिपीहरु समेत चकित भएका छन् । ब्रिफिङका लागि पुगेका सुरक्षा प्रमुखहरुले उनलाई बधाई दिएका थिए । बधाई दिने क्रममा सिंह कुर्सीबाट समेत नउठी सामान्य मर्यादा समेत पालना नगरेको देखिन्छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार