काठमाडौं । निषेधाज्ञाको समयमा रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको छ।
स्थानीय समुहले रातो मछिन्द्रनाथको रथ तान्न खोजेपछि झडपको स्थिति आएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए।
सुरक्षाकर्मीले अहिले भीडलाई हटाइसकेको छ । रथ तान्न पुगेका स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएपछि आन्दोलनकारीले प्रहरीको मोटरसाइकल जलाएका छन् । झडपका क्रममा प्रहरीको वाटर क्यानन तोडफोड भएको छ । निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए।
११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्याएका थिए। उनीहरुले संस्कृति मास्न नपाइने नारावाजी लेखिएका प्लेकार्ड बोकेका थिए।
Leave a Reply