Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • परराष्ट्रमन्त्री देउवा र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    परराष्ट्रमन्त्री देउवा र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 237
    SHARES

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवा र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच ​शिष्टाचार भेटेवार्ता भएको छ ।

    आज परराष्ट्रमन्त्री देउवाकै कार्यकक्षमा उनीहरुबीच भेटेवार्ता भएको हो । भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको बताईएको छ।



    सामाजिक सञ्जाल एक्स(ट्वीटर)मा राजदूत चेनले लेखेका छन्, ‘माननीय विदेश मन्त्री डा. आरजु राणा देउवालाई भेट्न पाउँदा खुशी लाग्यो । नवनियुक्त विदेशमन्त्रीका रूपमा उहाँलाई हार्दिक बधाई छ ।’



    राजदूत सङले नेपाल चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने तयारी पनि भइरहेको जानकारी दिएका छन् ।

    यसअघि परराष्ट्रमन्त्री राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार नै शिष्टाचार भेट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार