काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत थोमसन प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् ।
भेटबारे जानकारी दिँदै राजदूत थोमसनले नवनियुक्त प्रधानमन्त्री ओलीसँग सुमधुर छलफल भएको बताएका छन् ।
राजदूत थोमसनले दुई देशबीचको ७७ वर्ष लामो सम्बन्धबारे चर्चा भएको बताए ।
अमेरिका ओली सरकारसँग मिलेर काम गर्न र नेपाल र अमेरिकाबीचको सहकार्य सशक्त बनाउँदै लैजान चाहेको राजदूत थोमसनले बताए ।
Leave a Reply