Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • समाजवादी मोर्चाको निष्कर्ष : कांग्रेस-एमाले गठबन्धनले देशलाई पश्चगमनतिर धकेल्यो

    समाजवादी मोर्चाको निष्कर्ष : कांग्रेस-एमाले गठबन्धनले देशलाई पश्चगमनतिर धकेल्यो

    अनलाइन नेपाल
  • मंगलबार, १ साउन २०८१
  • 384
    SHARES

    काठमाडौं । समाजवादी मोर्चाले कांग्रेस-एमाले गठबन्धनले देशलाई पश्चगमनतिर धकेलेको निष्कर्ष निकालेको छ ।

    मंगलबार अपराह्न नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको बैठकले कांग्रेस–एमालेको गठबन्धनलाई ‘पश्चगमनको यात्रा’ भनेर निष्कर्ष निकालेको हो ।



    संविधान संशोधनको एजेण्डासहित कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई पश्चगमतिर धकेल्ने निष्कर्ष मोर्चाको छ।



    बैठकले समीक्षात्मक प्रतिवेदन लेखनका लागि चार सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा देव गुरुङ, खडगबहादुर विश्वकर्मा, प्रवेश हमाल र गंगानारायण श्रेष्ठ रहेका छन् । कार्यदलले तयार पारेको प्रतिवेदन आगामी बैठकमा पेस गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार