Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • मनसुनी विपद्‌मा परी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु

    मनसुनी विपद्‌मा परी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १ साउन २०८१
  • 561
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा मनसुनी विपद्‌मा परी ७ जनाको मृत्यु भएको छ ।

    मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्‌मा परी हालसम्म १ सय २० जनाको मृत्यु भइसकेको छ । गत जेठ २८ देखि आजसम्ममा उनीहरुको मृत्यु भएको हो ।



    उक्त अवधिमा एक सय ३५ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।



    बाढी, पहिरोलगायतका विपद्‌मा परी काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २० जनाको मृत्यु भएको हो ।

    काठमाडौं उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेश प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा २९ र सुदूरपश्चिम प्रदेशमा ११ गरी जम्मा एक सय ३५ जना घाइते भएको कार्कीले बताए ।

    बाढीका कारण एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल पाँच सय ८१ वटा पशु चौपाय मरेका छन् ।

    उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ५२ घर परिवार विस्थापित भएका छन् । साथै बाढीपहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएको धनमाल निकालेर सुरक्षा गर्ने र सडकमा भएका अवरोध हटाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार