Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सिमलताल बस दुर्घटनामा हराएका यात्रु खोज्न ३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

    सिमलताल बस दुर्घटनामा हराएका यात्रु खोज्न ३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

    अनलाइन नेपाल
  • मंगलबार, १ साउन २०८१
  • 312
    SHARES

    चितवन। चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता दुई बस र यात्रु खोज्न सशस्त्र प्रहरी बलका तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

    साउन १ गते देखि सशस्त्र प्रहरी बलले गण्डक ब्यारेजसम्म ३०१ जना सुरक्षाकर्मी पठाएर खोजी सुरु गरेको हो ।



    दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा टोलीले २ वटा मोटर बोट र ७ वटा र्‍याफ्ट बोटसहित खोजी गरिरहेका छन्।



    त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा१ सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म परिचालन भएको छ।

    सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरुमा परिचालित भएको सशस्त्र प्रहरीले जनाएको छ।

    सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक ब्यारेज इलाकामा परिचालन भएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैंडाकोट नगरपालिका–१० को इलाकामा परिचालित भएको हो ।

    सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक व्यारेज इलाका, सुरक्षा वेश चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूूर्वी नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा वेश प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा परिचालित भएका छन्।

    वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बसमाथि पहिरो खस्दा गत शुक्रबार त्रिशुली नदीमा बेपत्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार