काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमाजस्तो पार्टीभित्रको घेराबन्दी अहिले नरहेकोले काम गर्न सहज रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको सिन्धुपाल्चोक सम्पर्क कमिटीले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने,‘सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा होइन । सरकार समय-समयमा परिवर्तन भइरहन्छ । तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ । र सिंगै देशलाई पनि जगाएको छ । म यति भन्न चाहन्छु– नेपाली जनतामा आशा, भरोसा जागेको छ।’
प्रधानमन्त्री ओलीले यसपटकको सरकार परिवर्तनले जनतामा नयाँ भरोसा पैदा गरेको बताए ।
ओलीले आफूले प्रधानमन्त्रीको पद स्वीकार्नुको अर्थ केबल प्रधानमन्त्री हुनुका लागि मात्र नभएको बताए ।
उनले विगतमा जस्तो पार्टी भित्रबाट घेराबन्दी नरहेकोले काम गर्न सहज रहेको बताए ।
Leave a Reply