Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सहरी विकासमन्त्री सिंह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

    सहरी विकासमन्त्री सिंह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • मंगलबार, १ साउन २०८१
  • 252
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    सहरी विकासमन्त्री सिंहको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा उनीहरुबिच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।



    राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताए ।



    मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको थियो।

    भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो । दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको बताईएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार