Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • यस्तो छ नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालको जीवनी

    यस्तो छ नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालको जीवनी

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 696
    SHARES

    झापा । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल झापाको दमक निवासी हुन् । विसं २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मिएका मन्त्री दाहाल हाल दमक नगरपालिका–५ मा स्थायी बसोबासी रहेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मन्त्री बनेका दाहाल पार्टीको पोलिटब्युरो सदस्य एवं स्थानीय विकास विभागको प्रमुख जिम्मेवारीमा थिए । उनी नेपालमा पञ्चायती व्यवस्थाविरुद्ध २०३६ सालमा सुरु भएको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर कम्युनिष्ट पार्टीको राजनीतिमा प्रवेश गरेका हुन् ।



    लामो समयसम्म झापाको राजनीतिमा रहेर विभिन्न तहको जिम्मेवारी पूरा गर्नुभएका मन्त्री दाहाल सङ्गठन सञ्चालन काम गर्ने क्रममा २०४५ सालदेखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) को झापा जिल्ला कमिटीमा आबद्ध थिए ।



    विसं २०५१ सम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालयको जिम्मेवारीमा काम गरे । विसं २०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव रहनुभएका मन्त्री दाहाल विसं २०५३ जेठ २३ गतेदेखि विसं २०६६ भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हालेका थिए ।

    उनीसँग करिब १३ वर्ष अर्थात् चार कार्यकाल झापा एमालेको नेतृत्व गरेको अनुभव छ । उनले झापामा २०५६ सालको आमनिर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी कमाण्डसमेत सम्हालेका थिए ।

    उनी विसंं २०५१ देखि शिक्षकको जागिर छाडेर राजनीतिमा पूर्णकालीन भए । राजनीतिक परिवर्तनमा खास समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनले २०४६ सालको जनआन्दोलनमा जिल्ला जनआन्दोलन मूल समितिको जिम्मेवारी र २०६२÷६३ सालको जनआन्दोलनमा झापाको कमाण्डरको जिम्मेवारी पनि सम्हालेका थिए ।

    विसं २०७२ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकाबेला दाहालले उनको जनसम्पर्क सल्लाहकारको भूमिका निर्वाह गरे । त्यसैगरी विसं २०७६ मा भएको राष्ट्रियसभा सदस्यमा निर्वाचित भए ।

    विसंं २०४२ मा शिक्षक आन्दोलनका क्रममा उनलाई प्रहरीले हिरासतमा राखेको थियो भने २०४६ को जनआन्दोलनमा पनि हिरासतमा परेका उनी जनआन्दोलनको सफलतापछि रिहा भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार