Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • कालापानी र लिपुलेकका विषयमा अब झगडा गर्नुपर्दैन : परराष्ट्रमन्त्री देउवा

    कालापानी र लिपुलेकका विषयमा अब झगडा गर्नुपर्दैन : परराष्ट्रमन्त्री देउवा

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 699
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सीमा समस्याहरू समाधान हुने बताएकी छन् ।

    सोमबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन् ।



    उनले सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने बताइन् ।



    परराष्ट्रमन्त्री देउवाले भनिन्,‘पहिलाभन्दा अहिले हामीसँग धेरै सूचना छ । अहिले जीआईएस छ, स्याटेलाइट इमेजरी छ । बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुपर्दैन, तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुन्छ ।’

    उनले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या समाधान गर्न सकिने बताइन् ।

    उनले आफू जादु र चटकमा विश्वास नगर्ने भन्दै भूराजनीतिक विषय जटिल हुने धारणा राखिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार