Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • चीन भ्रमण कूटनीतिक रुपमा महत्त्वपूर्ण छ : शेख हसिना

    चीन भ्रमण कूटनीतिक रुपमा महत्त्वपूर्ण छ : शेख हसिना

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 375
    SHARES

    एजेन्सी । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो चीन भ्रमणलाई ‘बङ्लादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण हिस्सा’ भएको बताएकी छन्।

    आफ्नो सरकारी निवासमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै हसिनाले यस्तो बताएकी हुन् ।



    चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा हसिनाले जुलाई ८ देखि १० जुलाईसम्म चीनको राजकीय भ्रमण गरेकि थिइन् ।



    हसिनाको भ्रमणको क्रममा चीन र बङ्गलादेशले आफ्नो सम्बन्धलाई व्यापक रणनीतिक सहकारी साझेदारीमा उठाउन सहमति भएको बताईन् ।

    नीति आदानप्रदान, अर्थव्यवस्था, व्यापार र लगानी, डिजिटल अर्थव्यवस्था, निरीक्षण , स्वास्थ्य सेवा, शिक्षा र मिडियासम्बन्धी थुप्रै द्विपक्षीय सहयोगका दस्तावेजमा हस्ताक्षर भएको छ ।

    एशियाली देशका रूपमा मात्र नभई बङ्गलादेश र चीनको आर्थिक एवम् परम्परागत बिषयमा पनि लामो समयदेखि सुमधुर सम्बन्ध भएको हसिनाले बताईन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार