काठमाडौं । सोमबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला २ सय रुपैयाँले मूल्यको भाउ बढेको हो ।
प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ । यसअघि शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो।
Leave a Reply