Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • त्रिशूली नदीमा बेपत्ता मध्ये ११ शव भेटिए, ५ को मात्र सनाखत

    त्रिशूली नदीमा बेपत्ता मध्ये ११ शव भेटिए, ५ को मात्र सनाखत

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 348
    SHARES

    चितवन । त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन् ।

    जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन नसकेका शवहरू मध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएको छ । पहिचान भएपछि ती शव पोष्टमाटम गर्दै परिवारलाई बुझाउने तयारी छ ।



    शुक्रवार भएको दुर्घटना पछि अहिले सम्म फेला परेका शवहरू मध्ये सनाखत भएकामा भारत वेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकाश परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल रहेका छन् ।



    यता दुर्घटना ग्रस्त बस अझै भेट्न सकिएको छैन । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा गरेर ६५ जना यात्री रहेका थिए ।

    जसमा तीनजना यात्रु सकुशल रहेका थिए । आज चौथो दिन पनि नेपाल प्रहरी, शससत्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार