Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • दादुराले अफगानिस्तानमा एक सय ६० जनाको मृत्यु

    दादुराले अफगानिस्तानमा एक सय ६० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 399
    SHARES

    फाइल तस्विर

    काबुल । अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

    प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ । यसमध्ये ८१.१ प्रतिशत दादुराको शङ्कास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका छन् ।



    अधिकांश घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड गरिएका रिपोर्टमा उल्लेख गरिएको छ ।



    दादुराबारे चेतनाको अभाव, स्वास्थ्य सुविधामा पहुँचको अभाव, बालबालिकालाई खोप नदिने र अफगानिस्तानका केही दुर्गम क्षेत्रहरूमा अफगानीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नेजस्ता बिषय रोग र मृत्युको कारक हुन् । रासस/सिन्ह्वा

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार